image
image

फोरजी सपोर्ट गर्ने मोबाइलमात्रै आयात गर्नुपर्ने टेलिकमको माग

काठमाडौँ ।नेपाल टेलिकमले फोरजी सपोर्ट गर्ने मोबाइलमात्रै आयात गर्नुपर्ने माग गरेको छ । यसका लागि दूरसञ्चार सेवाप्रदायक नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले दुई हप्ताअघि फोरजी सेटमात्रै आयात गर्न दिनुपर्ने भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको थियो ।

कम्पनीले आफूले प्रयोगमा ल्याएको फ्रिक्वेन्सी ब्याण्ड र मोबाइलको इकोसिस्टम नमिल्दा असर परिरहेको जनाउँदै आएको छ । त्यसैले टेलिकमको उक्त पत्रको आशय आफूले प्रयोग गर्दै आएको फ्रिक्वेन्सी ब्याण्डहरुमात्र सपोर्ट गर्ने फोरजी सेटमात्रै भित्र्याउन दिनुपर्ने भन्ने जनाएको छ ।        

हाल नेपाल टेलिकमले फोरजी सेवा विस्तारका लागि ८०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्ड प्रयोग गरिरहेको छ । त्यसमध्ये ८०० मेगाहर्ज ब्याण्डमा कम्पनीको बढी फोकस रहेको छ । गाउँगाउँमा फोरजी सेवा विस्तारका लागि ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी बढी प्रभावकारी हुने भएकाले कम्पनीले त्यसलाई बढी प्रयोगमा ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।