image
image

आईपीओ निष्कासन गर्दै मिड सोलु हाईड्रोपावर

काठमाडौँ, ५, साउन । मिड सोलु हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ । त्यसपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ७ करोड ४८ लाख ४० हजार रुपैयाँको दरले ७ लाख ४८ हजार ४०० कित्ता सेयर निष्कासन गर्ने भएको छ । जसमा कम्पनीले ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-३,४,५,६, ७ र ११ का बासिन्दाका लागि निष्कासन गर्ने भएको छ ।

यस्तै १ लाख ८७ हजार १०० कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा अन्य स्थानीयका लागि निष्कासन गर्ने जनाएको छ । यस्तै ७४ हजार ८४० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १४ गतेदेखि साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानीयले भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

स्थानीयले एनआइसी एसिया बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।