image
image

शेयर बजार १२ अङ्कले बढ्यो, २ अर्ब ३७ करोड रुपैयाँको कारोबार

काठमाडौँ, ३१, असार । चालु आर्थिक वर्ष २०७९/८० को अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १२ दशमलव १६ अङ्कले बढेर दुई हजार ९७ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल, जलविद्युत्, जीवन बीमा र व्यापार समूहको शेयर सामान्य घटे पनि अरू समूहको शेयर बढेको छ । म्युचल फन्ड समूहको शेयर भने उच्च अङ्कले उकालो लागेको छ ।

आज सनराइज फोकस्ड इक्युटी फन्डकाे शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि लिबर्टी इनर्जी कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै छ प्रतिशतले ओरालो लागेको छ ।

आज दुई सय ८६ वटा कम्पनीका ७१ लाख १८ हजार कित्ता शेयर किनबेच भएको छन् । आज ३९ हजार वटा कारोबारमा दुई अर्ब ३७ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै शिवम् सिमन्टको १९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।