image
image

रेडियो नेपालले माग्यो ३८ जना कर्मचारी , साउन २५ सम्म आवेदन खुला

काठमाडौँ, २९, असार । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । रेडियो नेपालले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले ३८ जना कर्मचारी माग गरेको छ ।  रेडियो नेपालले आज सूचना जारी गर्दै विभिन्न पदमा ३८ जना कर्मचारी माग गरेको हो ।

खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक नागरिकले आवेदन दिन सक्ने रेडियो नेपालले जनाएको छ ।

रेडियो नेपालले उपनिर्देशक (इन्जिनियरिङ), मुख्य प्रशासकीय अधिकृत, वरिष्ठ प्रशासकीय अधिकृत, इन्जिनियर, वरिष्ठ कार्यक्रम अधिकृत, प्रकासकीय अधिकृत, लेखा अधिकृत, गायनरवाद्य संयोजक, सम्पादक (नेपाली) संवाददाता, सहसमाचार वाचक (लिम्बू), सहसमाचार वाचक ९मगर०, सहायक लेखापाल र कार्यक्रम सहायक एक-एक जना कर्मचारी माग गरेको छ ।

त्यसैगरी, रेडियो नेपालले प्रधान सहायक प्रशासन र लेखापाल प्रशासनरआर्थिक प्रशासन, सहसमाचार वाचक (भोजपुरी) २-२ जना, वरिष्ठ प्राविधिक सहायक (इन्जिनियरिङरप्राविधिक) मा ७ जना र प्राविधिक सहायकमा ८ जना कर्मचारी माग गरेको छ ।

आवेदन फाराम अनलाइनमार्फत भर्न सकिनेछ । आवेदन साउन १८ सम्म दिन सकिनेछ । तर, दोब्बर दस्तुर तिरेर साउन २५ सम्म आवेदन दिन सकिने लोकसेवा आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।