image
image

नेप्सेमा दोहोरो अंकको गिरावट, तीन अर्ब ३९ करोडको कारोबार

काठमाडौँ, २८, असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १२.६२ अंकले घटेर दुई हजार ८४ दशमलब ९३ विन्दुमा झरेर बन्द भएको हो ।    

आज दुई तीन अर्ब ३९ करोड ६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ५४ कम्पनीको शेयरमूल्य बढेको छ भने १६५ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा एनएमबी डिभेञ्चर, एसबिएल डिभेञ्चर र एनआइबिएल समृद्धि फण्ड २ रहेका छन् । यसको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २३ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।