image
image

रियादस्थित दूतावासमा अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

काठमाडौँ, २८, असार । साउदी अरबको रियादस्थित नेपाली दूतावासबाट प्रदान हुने सेवाहरू अनलाइन प्रणालीमार्फत लिन सकिने भएको छ ।

दूतावासले बुधबार साँझ एक सूचना जारी गर्दै दूतावासले प्रदान गर्ने सेवालाई समसामयिक, सरल, छिटो, छरितो र प्रविधिमैत्री बनाउँदै लैजाने उद्देश्यले साउदी अरबमा रहेका नेपालीका लागि राहदानी नवीकरण, श्रम सम्बन्धी कुनै समस्या वा गुनासोको सम्बोधन लगायतका सेवा अब अनलाइन प्रणालीमार्फत लिन सकिने जनाइएको हो ।

यस्तै, श्रम स्वीकृतिको नवीकरण, सामाजिक सुरक्षा कोषमा आवद्धता, दूतावासबाट प्रक्रिया गरिएका बहिर्गमन भिसा (एक्जिट भिसा) को बारेमा अद्यावधिक जानकारी, गैरकानूनी हैसियतमा रहेकाहरूको विवरण संकलन, लगायतका अन्य सेवाहरू लिन सजिलो होस भन्ने हेतुले अनलाइन प्रणाली प्रयोगमा ल्याएको जनाएको छ ।

आफूलाई आवश्यक सेवा सम्बन्धमा थप जानकारी आवश्यक परेमा दूतावासको सम्पर्क नम्बर ०११–४६१११०८ मा बिहान ९ देखि बेलुका ५ बजेसम्म र ०११–२८८३७९५ मा दिउसो ३ बजे देखि बेलुका ५ बजेसम्म दूतावास खुला रहेको दिन सम्पर्क गर्न सकिनेछ ।

साउदीमा नेपाली कामदार बढेसँगै दूतावासमा सेवा लिन आउनेहरुलाई मध्यनजर गर्दै सेवाहरू अनलाइन प्रणालीमार्फत लिन सक्ने व्यवस्था मिलाइएको दूतावासको भनाइ छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिव चार लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।