image
image

सेयर बजारमा सामान्य गिरावट, २ अर्ब ८५ करोडको कारोबार

काठमाडौँ, २६, असार । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार सुरु भएदेखि घट्न थाले पनि दिउँसो १ बजेदेखि सामान्य सुधार आएको थियो । 

तर, पुनः घट्दै परिसूचक ४.७३ अंकले घटेर बन्द भएको हो । यो ०.२३ प्रतिशतको गिरावट हो ।

यसक्रममा आज २ अर्ब ८५ करोड रुपैयाँ बराबरको ७९ लाख ८८ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, परिसूचक घट्दा १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७९ वटा कम्पनीको सेयर मूल्यमा भने सुधार आएको छ । यसबाहेक ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।

परिसूचक घटेपनि ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सुधार आएको छ । आज हिमालयन पावर पार्टनर, एनआईबीएल समृद्धि फण्ड–२, रावा इनर्जी डेभलपमेन्ट, लिबर्टी इनर्जी कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य समेत ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यता सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य भने ५.९६ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कारोबार भएका ४ समूहको सूचक बढेको छ । बाँकी सबै समूहको सूचक घटेको छ । आज विकास बैंक, वित्तस समूह, उत्पादनमूलक र म्यूचुअल फण्ड समूहको सूचक बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।