image
image

चुरोट, सुर्तीभन्दा खाद्यान्न र दुग्ध पदार्थको मूल्यवृद्धि धेरै

काठमाडौँ, २५, असार । नेपालमा अघिल्लो आर्थिक वर्ष (आव) २०७८/७९ को तुलनामा चालु आव २०७९/८० मा मूल्यवृद्धि नियन्त्रित अवस्थामा देखिएको छ । तर, दैनिक उपभोग्य वस्तुमा भने चर्को मूल्यवृद्धि कायम छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति जेठ मसान्तमा ६.८३ प्रतिशत रहेको छ । अघिल्लो आवका यसै महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत थियो । यसलाई उपसूचक अनुसार हेर्दा भने दैनिक उपभोग्य वस्तुको मूल्य उच्च दरले बढेको छ ।

मर–मसला उपसमूहको मूल्य ३५.२९ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशतले मूल्य बढेको छ ।

दुग्ध पदार्थ तथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य मात्र ८.४९ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार खाद्यान्नको तुलनामा सुर्तीजन्य पदार्थको मूल्य कम बढेको हो । घिउ तथा तेल उपसमूहको मूल्य भने १६.६० प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।