image
image

डिएफएसके ग्लोरीको एड्भान्स सिरिज गाडी सार्वजनिक

काठमाडौँ ।  कुजु नेपाल डिएफएसके ग्लोरीको एड्भान्स सिरिज गाडी सार्वजनिक भएको छ । आज एक समारोह बीच उद्योग मन्त्रि लेखराज भट्टले सो गाडी सार्वजनिक गरेका हुन् ।

त्यस्तै कुजु नेपाल प्रालिले अब नयाँ मोडल आई–अटो थप भएको  गाडी विक्री गर्न लागेको छ । आई–अटो एक इन्टेलिजेन्ट एसयूभी हो, यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ । ग्लोरी आई–अटोले ७ सिटर इन्टेलीजेन्ट एसयूभी उपमा पाएको छ । यो एसयूभी नेपाल बजामार उपलब्ध समान मूल्यका भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण रहेको छ । डिएफएसकेका एसयूभी लग्जरी तथा उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित छ ।

इन्टेलिजेन्स एसयूभी ग्लोरी आई–अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाइ ग्लोरी कमाण्ड दिएर गाडीलाई सिस्टम, मिडिया कमाण्ड, कार कन्ट्रोल, भाइस नेभिगेशन, कनेक्टिभिटी फिचर सञ्चालन गर्न सकिन्छ । 

यस एसयूभीमा बसेपछि फोनबुकमा नम्बर खोजेर डायल गरिरहनु पर्दैन । फोन गाडीसँग कनेक्ट भएपछि सजिलै भ्वाइस कमाण्डबाटै डायल गर्ने, फोन उठाउने, फोन कल हिस्ट्री हेर्ने आदी काम गर्न सकिन्छ । मिडियो कमाण्डबाट म्युजिक चलाउन र बन्द गर्न, साउण्ड बढाउन वा घटाउने काम बोलेरै गर्न सकिन्छ । 

ग्लोरी आई स्मार्टमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इञ्जिन दिइएको छ । उक्त इञ्जिनले अधिकतम १५० पीएस पावर तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यो एसयूभी अटोमेटिक गियरबक्समा नेपाल आउने छ । यसको मूल्य ८९ लाख ५० हजार रुपियाँ निर्धारण गरिएको कुजु नेपाल प्रालिले जनाएको छ ।      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।