image
image

सेयर बजार स्थिर, कारोबार रकममा सुधार

काठमाडौँ, २५, असार । सोमबार सेयर बजारमा झिनो अंकको करेक्सन आउँदा नेप्से करिब स्थिर देखिएको छ । आइतबारभन्दा ०.८० अंकले घटेको बजार २०७६.९६ विन्दुमा रोकिएको छ । यो ०.०४ प्रतिशतको मात्र गिरावट हो ।

सोमबार कारोबार रकममा भने सुधार भएको छ । सोमबार २९३ धितोपत्रको ६५ हजार ३१७ वटा कारोबारबाट १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । सोमबार वित्त उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै २.७१ प्रतिशतले कमाए ।

धेरै गुमाउनेमा होटल तथा पर्यटन उपसमूहका लगानीकर्ता छन् । उनीहरुले १.७२ प्रतिशतले गुमाए । सोमबार रावा इनर्जीको सबैभन्दा धेरै ९.९८ प्रतिशतले मूल्य बढेको छ । गुहेश्वरी मर्चेण्ट बैंक, स्वेतगंगा हाइड्रो, अरुण कावेली पावर, नेपाल फाइनान्ससहितको मूल्य धेरैले बढेको छ ।

हिमालयन हाइड्रोपावर, सिटी होटल, सिद्धार्थ इक्विटी फण्डसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, प्राइम कमर्शियलको प्रमोटर सेयरसहितको धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।