image
image

समस्यामा परेका नेपालीलाई गुनासो टिपाउन रियादस्थित दूतावासको आग्रह

काठमाडौँ, २२, असार । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा कार्यरत नेपालीहरूलाई आफ्नो समस्या वा गुनासो टिपाउन अनुरोध गरेको छ।

दूतावासले बिहीबार साँझ एक सूचना जारी गर्दै साउदी अरबमा कार्यरत रहेका नेपाली नागरिकहरूलाई कुनै समस्या वा गुनासो भए यहाँ दिएको लिंक मा गई आफ्नो समस्या वा गुनासो अनलाइन मार्फत पठाउन अनुरोध गरेको हो ।

समस्यामा परेका नेपालीहरूले पठाएको गुनासो तथा समस्या समाधानका लागि आफ्नो क्षेत्राधिकारको अधीनमा रही दूतावासबाट पहल हुने जनाइएको छ । 

समस्या समाधानमा भएको पहल तथा प्रयास सम्वन्धी जानकारी अनलाइन मार्फत सार्वजनिक गरिने जनाएको छ। माथि दिएको लिंक मार्फत हेर्न सकिने भएकाले उक्त लिंकको प्रयोग गरी आफ्नो समस्या तथा गुनासो राख्न दूतावासले भनेको छ । 

पीडितहरूलाई परेको श्रम सम्बन्धी समस्याको उजुरी दर्ता गराउन दूतावासमा प्रत्यक्षरूपमा उपस्थित हुन विभिन्न कठिनाइ पर्ने भएकाले सहजरूपमा नेपाली नागरिककै मोबाइलबाट उजुरी गर्न सकिने व्यवस्था गरिएको दूतावासले जनाएको छ । 

तर यस अघि नै समस्या दर्ता गराइसकेकाले भने पुनः पठाउन नपर्ने दूतावासले जनाएको छ । प्राप्त उजुरी उपर दूतावासले गरेको कार्यबाहीको पछिल्लो अवस्थाको अनलाइनबाटै जानकारी गराउने दूतावासको भनाइ छ।

पछिल्लो समय नेपालबाट आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न दलाल मार्फत साउदी अरब पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेपछि दूतावासले समस्या तथा गुनासो समाधानको लागि पहल सुरु गरेको हो । 

साउदी अरबमा विभिन्न पेशामा गरी करिव चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।