image
image

यस्तो छ एलजीको 'नयाँ वर्ष विशेष सबैलाई’ अफर

काठमाडौँ । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘नयाँ वर्ष विशेष सबैलाई’ अफर जारी गरेको छ । योजनाअनुसार एलजीको नेपालका लागि अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामानको खरिदमा विशेष नगद छुट तथा पक्का उपहार प्रदान गर्ने भएको छ ।

चैत ११ गते अर्थात् आजबाट लागु गरिएको उक्त अफर मार्फत नर्मल र स्मार्ट एलईडी टीभी, एयर प्युरिफायर, भ्याकुम क्लीनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । अफरमा ग्राहकले साइड बाइ साइड डोर रेफ्रिजेरेटरकोे खरिदमा १४ हजार ४९० रुपैयाँ मूल्यको फ्री माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा २ हजार ४५० रुपैयाँ मूल्यको फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्नेछन् ।

 त्यसैगरी ग्राहकले माइक्रोवेभ ओभनको खरिदमा २ हजार ८०० मूल्यको फ्री खाना पकाउने किट, डिस वासर र वासिङ मशिन फ्रन्ट लोड (९ केजी माथि)को खरिदमा ५ हजार २३० मूल्यको फ्री भेजीटेबल प्युरिफायर, वासिङ मशिन फ्रन्ट लोड (८ केजीसम्म) को खरिदमा २ हजार ६५० मूल्यको फ्री इलेक्ट्रीक केटल र वासिङ मशिन टप लोडको खरिदमा १ हजार २० रुपैयाँ मूल्यको फ्री ड्राइ आयन प्राप्त गर्न सक्नेछन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।