image
image

सेयर बजार करिब ४० अंकले घट्यो

काठमाडौँ, २०, असार । बुधबारको कारोबार सकिँदा सेयर बजार ३९.२६ अंकले घटेको छ। मंगलबार १२ अंक सुध्रिएर त्यसअघि तीन कारोबार दिनमा घटेको बजार सुधारउन्मुख देखिए पनि बुधबार सम्हालिन सकेन।

उक्त अंकको गिरावटले नेप्से २०४९ कायम भएको छ। कारोबार रकम भने पछिल्लो दिनको तुलनामा सुधार भएको छ। आज करिब ३ अर्ब ७ करोड माथिको कारोबार भएको छ। 

यस्तै, आजको कारोबार सकिँदा सबै उपसूचकहरु राताम्मे भएका छन्। सबैभन्दा धेरै जीवन बीमा उपसमूहले गुमाएको छ। यो ४०९ अंकले घटेको छ। 

त्यस्तै, निर्जीवन बीमा ३१०, उत्पादन १०५, होटल ८८ अंकले घटेको छ। कम्पनीगतरुपमा हेर्ने हो भने जम्मा १४ कम्पनीको मूल्य बढेको छ भने २०८ कम्पनीको मूल्य घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।