image
image

बजारबाट २० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौँ, १९, असार । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बजारबाट २० अर्ब रुपैयाँ उठाउने भएको छ।केन्द्रीय बैंकले १० दिने अवधिका लागि २० अर्ब रुपैयाँ बजारबाट खिच्न लागेको हो । यो असार २९ गते परिपक्व हुने छ ।

रिपोमा बैंक, विकास बैंक, वित्त कम्पनीले लगानी गर्न पाउने छन् । यसका लागि बैंक तथा वित्तीय संस्थाले मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य गरेको हुनुपर्ने छ ।

रिपोमा सहभागी हुन आज ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ । बोलकबोल विधिमार्फत भारित औसतमा ब्याजदर निर्धारण गरिने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत बजारको पैसा खिच्ने गर्दछ । बैंकिङ प्रणालीमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह ज्यादै न्यून रहेको छ । प्रणालीमा निक्षेप मात्रै संकलन हुने कर्जा प्रवाह नहुने भएपछि केन्द्रीय बैंकले रिभर्स रिपो मार्फत बजारबाट पैसा उठाउन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।