image
image

११ महिनामा सुनको ४३ अर्बभन्दा बढीको सुन आयात

काठमाडौँ, १९, असार । सरकारले सुनको कोटा घटाए पनि आयात भने १० प्रतिशतले बढेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात १० प्रतिशतले बढेर ४३ अर्ब ५३ करोड ९२ लाख १९ हजार रुपियाँको आयात भएको हो । गत वर्ष सो अवधिमा ३९ अर्ब ३२ करोड ७० लाख ४७ हजार रुपियाँको सुन आयात भएको थियो । आव २०७८/७९ मा ४२ अर्ब ७० करोड ३८ लाख १३ हजार रुपियाँको सुन आयात भएको छ । डेढ वर्षअघि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चितिमा कमी भएको भन्दै गत दैनिक २० केजीबाट घटाएर १० किलोमा झारेको थियो । सुनको कोटा घटाए पनि आयातमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । चोरी तस्करीबाट समेत ठुलो परिमाणमा सुन आयात हुने गर्छ । 

बजारमा सुनको मूल्य सामान्य घटेर एक लाख १० हजार रुपियाँमा कारोबार भइरहेको छ । गत जेठ महिनामा एक लाख १२ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । पछिल्लो समय सामान्य घटेर एक लाख १० हजार रुपियाँमा झरेको छ । सुनको मूल्य बढ्दै गएकाले कारोबारमा गिरावट आएको व्यवसायीको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले हाल दैनिक १० देखि १५ किलो सुन मात्र कारोबार हुने गरेको बताउनुभयो । लगातार मूल्य बढ्दै गएको र उपभोक्ताको क्रयशक्ति बढ्न नसक्दा लगनको सिजनमा पनि सुनको कारोबार बढ्न नसकेको उहाँको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।