image
image

धुलोरहित काठमाडौँ कार्यक्रमका लागि महानगरले छुट्यायाे एक अर्ब

काठमाडौँ, १०, असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष पनि धुलोरहित काठमाडौँ कार्यक्रमलाई निरन्तरता दिएको छ ।

आइतबार नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा उक्त कार्यक्रम समावेश गरिएको छ । उनका अनुसार धुलोरहित काठमाडौँ कार्यक्रमका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

उपप्रमुख डंगोलले महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिइन ।

उनले पूर्वाधार एम्बुलेन्स, सुन्दर महानगर योजना, उज्यालो सहर मेरो महानगर कार्यक्रमका लागि ८० करोड रुपैयाँ विनियोजन गरिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।