image
image

राष्ट्रिय वाणिज्य बैंकमा ४६५ जनाका लागि रोजगारीको अवसर

काठमाडौँ, ८, असार । राष्ट्रिय वाणिज्य बैंकले ४६५ जनाका लागि स्थायी रोजगारी दिने भएको छ ।

४६५ मध्ये खुला २२१, महिला ७६, आदिबासी जनजाति ५९, मधेशी ४७, दलित २८ जना, अपांगता भएका १५ जना र पिछडिएको क्षेत्रका १९ जनालाई रोजगारी दिन लागेको हो । आवेदन दिनका लागि न्यूनतम स्नातकदेखि स्नातकोत्तरसम्म अध्ययन गरेको हुनुपर्ने छ ।

बैंकले विभिन्न पदमा सबै प्रदेशमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्ने भएको छ । बैंकले सबै प्रदेशमा रोजगारी दिन लागेको हो । रोजगारीका लागि असार १० गतेदेखि आवेदन दिन सकिने छ ।

आवेदन अनलाइनबाट नै दिन सकिने छ । आवेदन दिँदा लाग्ने शुल्क पनि अनलाइनबाट नै भुक्तानी गर्नुपर्ने छ ।
चौथो र पाँचौ तहका लागि आवेदन दिन ५०० र ६ देखि ९ तहसम्मका लागि ७०० रुपैयाँ लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।