image
image

४.७ अंक बढ्यो सेयर बजार

काठमाडौँ, ७, असार । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ४.७५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०५५ अंकमा पुगेको छ । दिनभर कुल ३ अर्ब ४४ करोडको कारोबार भयो । हिजो ३ अर्ब ४९ करोडको कारोबार भएको थियो । 

कुल ७४ कम्पनीको मूल्य बढेको छ भने १४७ को घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रहृयो । यस दिन पनि होटल तथा पर्यटन उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो उपसमूह ८ प्रतिशत बढ्यो । बैंकिङ ६.९, विकास बैंक २३, फाइनान्स ४, जलविद्युत् ४०, उत्पादन २३, माइक्रोफाइनान्स २४ र ब्यापार उपसमूह ८ अंक घटे । होटल ४४८, जीवन बीमा ३५९, निर्जीवन बीमा २९५ र अन्य उपसमूह ११ अंक बढे 

यस दिन ३ होटलको मूल्य १० प्रतिशत बढ्यो । तारागाउँ रिजेन्सी, ओरियन्टल होटल र सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै बीपीडब्लु लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स र कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, आईजीआई प्रुडेन्सियल र नागरिक लगानी कोष क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।