image
image

जेठमा जलविद्युत क्षेत्रमा करिब ७ अर्ब लगानी प्रतिबद्धता

 काठमाडौँ, ६, असार । लगानीकर्ताले जेठ महिनामा जलविद्युत क्षेत्रमा करिब ७ अर्ब लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार जेठमा ६ अर्ब ८४ करोड १२ लाख रुपैयाँ जलविद्युत क्षेत्रमा लगानी प्रतिबद्धता जनाइएको देखाउँछ।

विभागमा जेठ ५ गते रसुवा जिल्लाको उग्रतारा तथा कालिका गाउँपालिकामा त्रिसुली क्यास्केड प्रालिले २४.६ मेगावाट बिजुली उत्पादन गर्ने भन्दै उद्योग दर्ता गरेको छ । कम्पनीले विजुली उत्पादन गर्न ४ अर्ब २२ करोड १२ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ ।

स्वदेशी लगानीमा बन्न लागेको उक्त आयोजनाबाट ४५ जनाले रोजगारी पाउनेछन् । त्यस्तै, म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नम्बर ४ मा फ्रे वाटर इनर्जीले १२.७३ मेगावाट बिजुली उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले २ अर्ब ६२ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ ।

विभागमा दर्ता भएको विवरणअनुसार आयोजनाबाट ३१ जनाले रोजगारी पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।