image
image

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौँ, ४, असार । वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर–८ मा बस्ने ३६ वर्षीय बिसु लामा रहेका छन् ।

निजले ताराबहादुर वलीलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु र त्यहाँ आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट रकम लिई सम्पर्कविहीन भएको आरोपमा काठमाडौँको बौद्धबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।