image
image

काठमाडौंमा नेपाल–यूएई संयुक्त बैठक आज बस्दै

काठमाडौँ, ३१, जेष्ठ । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)को संयुक्त बैठक बुधबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा शून्य लागतमा कामदार पठाउने यसअघिको श्रम सम्झौताको कार्यान्वयन, यूएई जाने नेपाली कामदारको न्यूनतम तलब, उनीहरूको सीप तालिमलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यूएई प्रतिनिधिमण्डलले घरेलु कामदारको विषयलाई यसपटक पनि गम्भीरताका साथ उठाउने जानकारी गराएको मन्त्रालय स्रोतले बताएको छ । यूएईले आफ्नो मुलुकमा पूर्ण सुरक्षा रहेको दाबी गर्दै यसअघिका बैठकमा पनि घरेलु कामदारको विषयलाई टुंगोमा पुर्‍याउन आग्रह गर्दै आएको थियो । तर यसपटकको बैठकमा भने घरेलु कामदार पठाउने विषयमा मिति नै तोक्नुपर्ने पक्षमा यूएई रहेको बताइएको छ । 

नेपालले २०७३ सालमा तत्कालीन श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले खाडी मुलुकमा श्रम सम्झौता नभएसम्म घरेलु कामदार पठाउन रोक लगाएको थियोे । त्यसबेलादेखि नै यूएईले घरेलु कामदारको विषयमा जोड दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।