image
image

शैक्षिक प्रमाणपत्र अनिवार्यबाट पछि हट्यो साउदी दूतावास

काठमाडौँ, २९, जेष्ठ । नेपालस्थित साउदी दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्यको निर्णयबाट पछि हटेको छ । दूतावासले आजदेखि भिसा जारी गर्नका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गराएको थियो । तर, अन्तिममा आएर शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छैन ।  आज दूतावासमा भिसाका लागि पेश गरिएका निवेदनहरूलाई शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छैन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले आजदेखि लागू गर्ने भनेको शैक्षिक प्रमाणपत्र नमागेको बताए ।

 ‘आज भिसाका लागि पठाइएका कागजातमा शैक्षिक प्रमाणपत्र मागेको छैन् । १२ जुनदेखि लागू गर्ने भनेको सूचना निकालेको थियो । तर, आज विना शैक्षिक प्रमाणपत्र पनि भिसा जारी गरेको छ’ अध्यक्ष भण्डारीले भने ।  दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्य हुने सूचना जारी गरेपछि चौतर्फी विरोध सुरू भएको थियो । चौतर्फी दबाब तथा सरकारको समेत चासो देखिएपछि दूतावास पछि हटेको हो । 

साउदीको यो नीतिले कामदारमाथि शैक्षिक प्रमाणपत्र जुटाउनुपर्ने झन्झट थपिएको थियो । गत आर्थिक वर्षमा १ लाख २५ हजार २३७ जनाले साउदी अरब जानका लागि श्रम स्वीकृति लिएका थिए ।  साउदी जाने मध्ये अधिकांश अदक्ष कामदार जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । खाडी जाने कामदारमध्ये ५७‍‍.६ प्रतिशत अदक्ष कामदार रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिवेदन–२०२२ ले देखाएको छ । 

दूतावासले मागेको शैक्षिक प्रमाणपत्र एसएलसी÷एसईई वा सो सरहको हो । त्यो पनि परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले प्रमाणीकरण गरेको हुनुपर्ने भनिएको थियो । कन्सुलर विभागबाट प्रमाणीकरण भएपछि मात्रै दूतावासले प्रमाणीकरण गर्ने भन्ने थियो ।  दूतावासले उक्त निर्णयपछि भिसा प्राप्त गर्न थप झन्टिलो प्रक्रिया अपनाउनुपर्ने बाध्यता थियो । यो विषयमा व्यवसायीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।