image
image

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ, २९, जेष्ठ । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं. ७ बेलटार घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १४ बस्ने सुनिता न्यौपाने श्रेष्ठ पक्राउ परेकी हुन् ।

उनले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिने र अमेरिका पुगेपछि Mobile Software कम्पनीमा काम लगाईदिन्छु मासिक ३ लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेकी थिइन् । न्यौपानेले पिडितबाट पटक पटक गरी ६ लाख २१ हजार रकम लिई सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले जेष्ठ २६ गते ललितपुर महानगरपालिका वडा नं. ३ पुलचोकबाट पक्राउ गरेको हो। पक्राउ परेकी न्यौपानेलाई थप अनुसन्धान तथा कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।