image
image

हिमाल दोलखा हाइड्रोको हकप्रद सेयर बिक्री खुला

काठमाडौँ, २२, जेष्ठ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज (सोमबार) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । गत वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले हकप्रदका लागि असार १० गतेसम्ममा आवेदन दिन सक्नेछन् । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । जसअनुसार १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता शेयर हुनेछ ।

कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाका साथै सि आस्वा प्रणालीमार्फत र मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्ने छन् ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि गत वैशाख २७ गते बुक क्लोज गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।