image
image

वैदेशिक रोजगार विभाग ताहाचलमा सर्‍यो, आजदेखि आंशिक सेवा प्रदान

काठमाडौँ, २१, जेष्ठ । बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभाग आजदेखि ताहाचलमा सरेको छ । बुद्धनगरस्थित नेपाल हिमालयन सीमापार सङ्घको भवनमा भाडामा बस्दै आएको विभागको कार्यालय आजदेखि ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा सरेको हो ।

विभागका महानिर्देशक मदन दाहालले आजदेखि आंशिक रूपमा सरेको जानकारी दिए । असार १ गतेदेखि पूर्ण रूपमा सर्ने उनको भनाइ छ ।कार्यालय पूर्ण रूपमा नसर्दासम्म दुवै ठाउँबाट सेवा प्रदान गर्दै आएको उनले बताए। 

 ‘शुक्रबारदेखि नै सामान सार्न थालेका थियौँ । सबै सरिसक्न केही समय लाग्छ । त्यसैले आजदेखि ताचाहल र बुद्धनगरबाट समेत सेवा प्रदान गरिरहेका छौं ।’ महानिर्देशक दाहालले भने । 

सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गएको सेवा प्रवाहमा समस्या भएको भन्दै विभाग सरेको हो । विभागमा दैनिक सयौँको सङ्ख्यामा सेवाग्राही आउने हुँदा हाल कार्यालय रहेको स्थानबाट सेवा दिन असहज भएको विभागले जनाएको छ । हालको कार्यालयमा पार्किङको समेत समस्या देखिएको छ ।  

विभाग वैदेशिक रोजगार कार्यालयमा सरेसँगै रोजगार कार्यालय अर्को ठाउँमा सर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।