image
image

घट्यो कच्चा तेलको मूल्य, क्रुड आयल प्रतिब्यारल कति पुग्यो ?

काठमाडौँ, १७, जेष्ठ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। 

डब्ल्यूटीआई क्रुड आयलको मूल्यमा ४.४ प्रतिशत गिरावट आएको छ। योसँगै क्रुड आयल प्रतिब्यारल ६९.४६ डलरमा झरेको छ। 

यसैगरी ब्रेन्ट क्रुड आयलको मूल्यमा पनि ४.५८ प्रतिशतको गिरावट आएको छ। योसँगै ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारल ७३.५४ डलरमा झरेको छ। 

उता भारतीय बजारमा विगत १ वर्षभन्दा बढी समयदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार उतारचढाव भइरहे पनि भारतीय बजारमा विगत ३७५ दिनदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको हो। आज बुधबार भारतको राजधानी दिल्लीमा प्रलिलिटर पेट्रोलको मूल्य भारु ९६.७२ र डिजेलको मूल्य भारु ८९.९२ रहेको छ। मुम्बईमा प्रतिलिटर पेट्रोल भारु १०६.३१ र डिजेल भारु ९४.२७ रहेको छ। –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।