image
image

वैदेशिक रोजगारीमा जाने नेपालीले १ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने

काठमाडौँ, १६, जेष्ठ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने व्यवसायीले वैदेशिक रोजगारमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नु पर्नेछ ।

सरकारले सिधैं बैदेशिक रोजगारमा जाने व्यक्तिबाट शुल्क नउठाई सेवा प्रदायक कम्पनीले कर तिर्नु पर्ने व्यवस्था गरेको हो ।

त्यसरी संकलन हुने रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिने सरकारले जनाएको छ ।

पच्चिस गतेभित्र राजस्व खातामा त्यसरी जम्मा गरेको विवरण नबुझाएको वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज लगाई असुल गर्ने आर्थिक ऐनमा उल्लेख छ ।

वैदेशिक रोजगार सेवा शुल्कको प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।