image
image

नेपाली बजारमा भित्रियो लिभनिङको इलेक्ट्रिक स्कुटर, यस्ता छन विशेषता 

काठमाडौँ । युरोपियन बजारमा निकै नै लोकप्रिय मानिएको लिभनिङ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएको छ । लिभनिङका लागि नेपालको आधिकारिक वितरक जम्बो ईको भेहिकलले आइतबार एक समारोहका बीच उक्त इलेक्ट्रिक स्कुटर बजारमा भित्र्याएको हो । 

पहिलो पटक इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको कम्पनीले लिभनिङ इलेक्ट्रिक स्कुटरहरु मध्यकै उत्कृष्ट भएको दाबी गरेको छ । स्कुटर सार्वजनिक गर्दै जम्बो ईको भेहिकलका प्रोपाइटर नारायण गौतमले विश्वकै नविन र उच्च टेक्नोलोजिमा निर्मित अधिकतम १२ सय वाटको सामसुङ लिथिलियम ब्याट्रीको प्रयोग भएको बताए । उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा अधिकतम ८० किलोमिटर स्कुटर गुडाउन सकिने गौतमको भनाइ छ । 

एक पटकको फुल चार्ज हुन अधिकतम १.५ युनिट विद्युत खपत हुने र विद्युत खपतका हिसाबले करिब १५ रुपैयाँ मात्र खर्च हुने कम्पनीको भनाई छ । अर्थात् १५ रुपैयाँमा अधिकतम ८० किलोमिटर स्कुटर गुड्न सक्छ । यसको अतिरिक्त स्कुटरमा मोबाइल चार्जिङ्ग, ब्ल्युटुथ कनेक्टिभिटी, अडियो सिस्टम र सेन्सर लगायतका आवश्यक फिचर्स समेत उपलब्ध गराइएको कम्पनीले बताएको छ । 

लिभनिङ ब्राण्डमा एक्स१ र एस५ र जम्बो ब्राण्डमा डी०६ र एम२० चार वटा मोडल एकैपटक सार्वजनिक गरेको कम्पनीले एक्स१ मा २ हजार २०, एस५ मा ३ हजार, डी०६ मा २ हजार र एम२० मा एक हजार ५ सय वाटको मोटर चडान गरिएको कम्पनीले जनाएको छ । जसको बजार मूल्य एक्स१ को २ लाख ६० हजार, एस५ को २ लाख ९९ हजार ९ सय ९९, डी०६ को २ लाख ३५ हजार र एम२० को एक लाख ८५ हजार तोकिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।