image
image

कुरकुरे, कुरमुरे र लेज आयातमा बाहिरियो ५४ करोड

काठमाडौँ, १४, जेष्ठ । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा विदेशबाट ५४ करोड ५३ लाख रुपैयाँको कुरकुरे, कुरमुरे र लेज आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा उक्त मूल्यको कुरकुरे, कुरमुरे, लेज र चिजबल्स आयात भएको हो ।

यस अवधिमा १० लाख ५८ हजार किलोग्रा कुरकुरे, कुरमुरे र लेज आयात भएको छ । यस्तै, आयातकर्ताले उक्त परिणामको जंक फूड आयात गरेबापत सरकारलाई ३३ करोड ७६ लाख रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।

नेपालमा आउने यी वस्तु भारत, चीन, जापान, कोरिया, मलेसिया, मेक्सिको, साउदी अरेबिया र अमेरिकाबाट आउने गरेको छ । सबैभन्दा धेरै भारतबाट ३८ करोड ५१ लाख रुपैयाँको यी वस्तु भित्रिएको छ ।  यस्तै, मलेसियाबाट १३ करोड ८१ लाख, दक्षिण कोरियाबाट १८ लाख रुपैयाँको यस्ता वस्तु आयात भएको विभागले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।