image
image

नेपाल रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ, १४, जेष्ठ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओमा विदेशमा रहेका नेपाली श्रमिकले आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

कम्पनीले गत वैशाख ३१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले जनाएको छ। 

कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने ४३ करोड ५३ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्नेछ। 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कुल कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको हो। 

विदेशमा रहेका नेपाली श्रमिकले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपश्चात बाँकी रहेको कुल कित्ताको ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३५ लाख २५ हजार ९३० कित्तामा सर्वसाधारणले जेठ २६ गतेबाट आवेदन दिन पाउनेछन्। 

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन्। 

सर्वसाधारणका लागि जारी हुने आईपीओका निष्कासन बन्द भने छिटोमा जेठ ३० गते र ढिलोमा असार ८ गते बैंकिङ समयपछि हुनेछ।

नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।