image
image

वर्षकै उच्च अंकले विदेशी लगानी भित्रियो– चैतमा ७ अर्ब ५५ करोड

काठमाडौँ, ९, जेष्ठ । चालु आर्थिक वर्ष भरीकै उच्च विदेशी लगानी (एफडीआई) चैतमा भित्रिएको छ । भन्सार विभागका अनुसार चैत मसान्तसम्म कूल ७ अर्ब ५५ करोड १० लाख ८० हजार रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको हो । खासगरी होटेल तथा पर्यटन, ऊर्जा र निर्माण क्षेत्रमा बढी विदेशी लगानी भित्रिएको विभागले जनाएको छ ।

यस्तो लगानी अघिल्लो वर्ष २०७८/७९ को चैतमा जम्मा १ अर्ब ८० करोड २० लाख रुपैयाँ बराबरको मात्र विदेशी लगानी भित्रिएको थियो । यद्यपि, सोही वर्षको असोज महिनामा ११ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको थियो । 

आर्थिक वर्ष २०७८/७९ को असोजपछि पहिलो पटक साढे ७ अर्बमाथिको विदेशी लगानी भित्रिएको हो । गत आर्थिक वर्षको भदौमा ६ अर्ब ३२ करोड २० लाख २० हजार रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । 

विदेशी लगानीमा सुधार आएसँगै मुलुकमा बिस्तारै लगानीको वातावरण बन्दै गएको नेपाल बैंकर्स संघ (एनबीए)ले जनाएको छ । 
FDI

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।