image
image

नेप्सेमा एकल अंकले वृद्धि, कारोबार रकम १ अर्ब २७ करोड

काठमाडौँ, ८, जेष्ठ । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ । गत मंगलबारदेखि बढ्न सुरु भएको नेप्से लगातार पाँचौ कारोबार दिन पनि बढेको हो । गत सोमबार करिब एक वर्ष अगाडिको न्यून विन्दुमा झरेर मंगलबारदेखि पुनः बढ्न सुरु भएको नेप्से त्यसयता लगातार पाँचौ कारोबार दिन पनि वृद्धि हुँदा करिब १९०० विन्दुको नजिक पुगेको छ ।

गत सोमबार ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से १८०७.५३ अंकसम्म झरेको थियो । २३ जेठ २०७९ को ‘इन्ट्रा–डे’ कारोबारमा १८०६.९५ अंकसम्म झरेको नेप्से त्यसपछि पुनः बढेर २२०० अंकसम्म पुगेको थियो । सोमबार बजार परिसूचक नेप्से ८.१० अंकले वृद्धि हुँदा १८९१.३१ को विन्दुमा बन्द भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.०२ प्रतिशतको सामान्य गिरावट र व्यापार उपसूचक ०.९९ प्रतिशतले गिरावट भएपनि अरु सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक २.४४ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक १.५२ प्रतिशतले बढेका छन् ।

नेप्सेमा वृद्धि हुँदा लगातार तेस्रो कारोबार दिन पनि कारोबार रकम अर्ब नाघेको छ । गत बिहीबार करिब डेढ अर्बको कारोबार भएकोमा आइतबार डेढ अर्ब माथिको कारोबार भएको थियो ।
सोमबार नेप्सेमा २५ हजार ७४६ वटा कारोबारमा ३४ लाख ९५ हजार ७५२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।