image
image

मंगलबार सरकारले ३४ अर्ब २० करोड आन्तरिक ऋण उठाउने

काठमाडौँ, ८, जेष्ठ । सरकारले आगामी जेठ ९ गते ट्रेजरी बिलमार्फत ३४ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले मंगलबार ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो । २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमको ट्रेजरी बोलकबोल गर्न लागेको बैंकले ३२ अर्ब २० करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी २ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागेको हो । 

मंगलबार बोलकबोल हुने ट्रेजरीका लागि दरखास्त दिन बैंकले सार्वजनिक सूचना जारी गरेको छ । जेठ ८ गते दिउँसो ३ बजेट बोलकबोल हुने ट्रेजरीको निष्काशन बुधबार अर्थात् वैशाख जेठ ९ गते हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले मंगलबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।  कूल निष्काशन बिलमध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ । यसअघि बैंकले जेठ २ गते २४ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।