image
image

वैदेशिक रोजगार व्यावसायीका समस्या समाधानका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, ४, जेष्ठ । वैदेशिक रोजगार व्यावसायी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मञ्चले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो ।

केही समस्याहरू गृह मन्त्रालय मातहत रहेकाले ती समस्यामा समाधान गर्न गृहमन्त्रीलाई आग्रह गरिएको मञ्चका अध्यक्ष धनलाल जैसीले बताए ।

वैदेशिक रोजगार ऐन २०६४ ले तोकिएको धरौटी राखी वैदेशिक रोजगार विभागबाट ईजाजतपत्र प्राप्त मेनपावर कम्पनीहरुलाई मात्र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कामदार पठाउन पाउने व्यवस्था छ । हाल २ करोड देखी ६ करोड लगानी गरेका करिब ९ सय व्यवसायी क्रियाशील रहेका छन् । तर, शैक्षिक परामर्शदाताको अनुमति लिएका कन्सल्टान्सीहरुले अमेरिकी मुलुक, युरोपेली मुलुक तथा क्यानडा लगायतका देशमा वर्कपर्मिट भिसामा पठाउने नाममा ठगी गर्ने गरेको मञ्चको भनाई छ । त्यसका लागि लाखौं पासपोर्ट, करोडौँ रकम लिएको र कतिपयलाई अलपत्र पारेको अवस्था देखिएको अध्यक्ष जैसीको भनाई छ ।

विदेशमा रोजगारीको पूर्ण प्रत्याभूति नभई आकर्षक प्रलोभनमा युवायुवतीलाई विदेश पठाउँदा उनीहरुले रोजगारी नपाउने र ती मुलुकमा प्राकृतिक विपत्ति वा राजनीतिक वा सामाजिक विश्रृंखलता उत्पन्न भएमा मुलुकले उनीहरुलाई सकुशल स्वदेश फर्काउन समस्या पर्ने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरिएको हो ।

त्यस्तै वैदेशिक रोजगार व्यावसायी क्षेत्रमा देखिएको अनुचित सिण्डिकेट हटाउन समेत माग गरेका छन् ।

अहिले साउदी दूतावासको भिषा सेन्टर स्थापना तथा निजी कम्पनीलाई सेवा सञ्चालनको एकाधिकार दिने काम भइरहेको भन्दै मन्चले त्यसको विरोध गरेको छ ।

त्यस्तै वैदेशिक रोजगारमा कामदार पठाउँदा व्यवसायीले लिन पाउने सेवा शुल्क अव्यवहारिक भएको भन्दै त्यसको समाधानमा लागि आग्रह गरिएको छ ।

कामदार पठाउँदा १० हजार रुपैयाँ शुल्क लिनुपर्ने व्यवस्थाले गर्दा श्रमिक ठगिने गरेको भन्दै मन्चले त्यसलाई सच्याउनुपर्ने माग गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।