प्री ओपन सेसन : नेप्से परिसूचक १ अंकले बढ्यो
काठमाडौँ, ४, जेष्ठ । बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक १.६७ अंकले बढेर १८४६.६९ विन्दुमा पुगेको छ। यो सेसनमा १२ वटा कम्पनीको ६९० कित्ता सेयर २ लाख ५६ हजार ६६४ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारमा आएका १२ कम्पनीमध्ये ९ को मूल्य बढ्यो भने २ को घट्यो। बाँकी १ को मूल्य स्थिर रह्यो।









