image
image

शेयर बजार २३ अङ्कले बढ्याे

काठमाडौँ, ३, जेष्ठ । हिजो मङ्गलवार सामान्य बढेको शेयर बजार आज बुधवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव शून्य एक विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै आज कारोबार रकम पनि बढेको छ । दुई सय ६६ वटा कम्पनीकाे २५ लाख ७७ हजार कित्ता शेयर ८५ करोड ७६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको पाँच करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबेभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशत तथा इस्टर्न हाइड्रोपावर लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड र आदर्श लघुवित्तको शेयर साढे नौ प्रतिशतभन्दा धेरै बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै माईखोला जलविद्युत् कम्पनीको शेयर झन्डै आठ घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।