image
image

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढ्दो

काठमाडौँ, २, जेष्ठ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिला श्रमिकको सङ्ख्या पछिल्लो केही वर्षयता बढ्न थालेको छ ।

श्रम स्वीकृति लिने महिला र पुरुषको सङ्ख्या छुट्याई अभिलेख राख्न थालिएयता सबैभन्दा धेरै गएको आर्थिक वर्ष २०७८/०७९ मा झण्डै ५० हजार महिलाहरू रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागकाे तथ्याङ्कले देखाएकाे छ । 

सरकारले महिला र पुरुष भनेर श्रम स्वीकृति लिनेको अभिलेख राख्न थालेको वर्ष २०६३/०६४ मा ३९० जना महिलाले श्रम स्वीकृति लिएकोमा १५ वर्षपछि आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार १२८ जना महिलाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

संस्थागत रूपमा पछिल्ला केही वर्षयता श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाहरूको सङ्ख्या बढेको विभागले जनाएको छ । तर गैरकानुनी रूपमा भारत लगायतका देश र भिजिट भिसामा एजेण्ट र बिचौलियाले रोजगारीका लागि लगेका महिला श्रमिकको तथ्याङ्क भने छैन ।

बितेका १५ वर्षमा वैदेशिक रोजगारीमा जान जम्मा ७५ लाख १९ हजार ६६० जनाले श्रम स्वीकृति लिएका छन् । यसमध्ये कति जना नेपाल फर्किए भन्ने तथ्याङ्क विभागले राखेको छैन ।

कुन सालमा कति

वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०६३/०६४ देखि वैदेशिक रोजगारीमा जाने महिला र पुरुषको सङ्ख्या छुट्याई अभिलेख राख्न थालेको हो ।

त्यसयता बितेका १५ वर्षमा दक्षिण कोरिया बाहेकका देशमा जान तीन लाख ७५ हजार ८२५ जनाले श्रम स्वीकृति लिएका छन् । दक्षिण कोरिया जान अघिल्लो आर्थिक वर्षसम्ममा चार हजार ४८१ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

वैदेशिक रोजगारीमा जान आर्थिक वर्ष २०६३/०६४ मा दुई लाख चार हजार ५३३ जनाले श्रम स्वीकृति लिएकोमा ३९० जना महिला रहेका छन् ।

यस्तै आर्थिक वर्ष २०६४/०६५ मा दुई लाख ४९ हजार ५१ जनाले श्रम स्वीकृति लिँदा चार हजार छ सय ८५ जना महिलाले श्रम स्वीकृति लिएका थिए ।

आर्थिक वर्ष २०६५ /०६६ मा दुई लाख १९ हजार ९६५ जनाले श्रम स्वीकृति लिँदा आठ हजार पाँच सय ९४ जना, आर्थिक वर्ष २०६६/०६७ मा दुई लाख ९४ हजार ९४ जनाले श्रम स्वीकृति लिँदा १० हजार ५६ जना, आर्थिक वर्ष २०६७/०६८ मा तीन लाख ५४ हजार ७१६ जनाले श्रम स्वीकृति लिँदा १० हजार ४१६ जना महिला रहेको विभागले जनाएको छ । 

यस्तै आर्थिक वर्ष २०६८/०६९ मा पाँच लाख ३८ हजार ३५५ जनाले श्रम स्वीकृति लिँदा २६ हजार ४७३ जना, आर्थिक वर्ष २०६९/०७० मा छ लाख १५ हजार ४१६ जनाले श्रम स्वीकृति लिँदा ३२ हजार ३६ जना, आर्थिक वर्ष २०७०/०७१ मा छ लाख ९५ हजार ९२४ जनाले श्रम स्वीकृति लिँदा ३३ हजार १९४ जना, आर्थिक वर्ष २०७१/०७२ सात लाख ३ हजार ८३२ जनाले श्रम स्वीकृति लिँदा ३० हजार ४२३ जना, आर्थिक वर्ष २०७२/०७३ मा छ लाख ४० हजार ९८१ जनाले श्रम स्वीकृति लिँदा ३१ हजार ९३४ जना, आर्थिक वर्ष २०७३/०७४ मा छ लाख ४२ हजार ८५९ जनाले श्रम स्वीकृति लिँदा ३३ हजार पाँच सय २० जना महिलाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । 

आर्थिक वर्ष २०७४ /०७५ मा छ लाख १२ हजार ६८५ जनाले श्रम स्वीकृति लिँदा ३२ हजार ९६४ जना, आर्थिक वर्ष २०७५/०७६ मा पाँच लाख आठ हजार ८२८ जनाले श्रम स्वीकृति लिँदा ३२ हजार १२३ जना, आर्थिक वर्ष २०७६/०७७ मा  तीन लाख ६८ हजार४३३ जनाले श्रम स्वीकृति लिँदा २८ हजार ४२३ जना, आर्थिक वर्ष २०७७/०७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिँदा ११ हजार ४५६ जना, आर्थिक वर्ष २०७८/०७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिँदा ४९ हजार १२८ जना महिलाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

चालु आर्थिक वर्षको चैत महिनामा ६१ हजारभन्दा धेरैले श्रम स्वीकृति लिँदा महिला श्रमिकको सङ्ख्या झण्डै छ हजार रहेको छ । 

तर हजारौँ सङ्ख्या महिलाहरू भिजिट भिसा र भारतको बाटो हुँदै विभिन्न देशमा पुर्‍याइएका छन् । यसरी गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या कति छ भन्ने तथ्याङ्क कसैसँग पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।