सिद्धार्थ बैंकले आईएफसीबाट भित्र्यायो ७ अर्ब
काठमाडौँ, २, जेष्ठ । सिद्धार्थ बैंकले लघु, साना तथा मझौला उद्योग र क्लाइमेट फाइनान्सिङका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग साझेदारी गरेको छ ।
विश्व बैंक समूहको आईएफसीसँगको साझेदारीका विषयमा सिद्धार्थ बैंकले आज जानकारी गराएको हो ।
सम्झौताअनुसार लघु, साना तथा मझौला उद्योग र जलवायु परिवर्तनका क्षेत्रमा खर्च गर्ने गरी आईएफसीले ५ करोड ५० लाख डलर (७ अर्ब २४ करोड नेपाली रुपैयाँ) कर्जाबापत उपलब्ध गराउनेछ ।
आईएफसीले ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमबापत कर्जा सहयोग गरेको हो ।









