image
image

नेपाली बजारमा भित्रियो जावाको पेराक बाईक, यस्ता छन विशेषता 

काठमाडौँ। जावाको पेराक बाइक नेपाली बजारमा भित्रिएको छ । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालीले शुक्रबारबाट जावा मोटरसाइकल सार्वजनिक गरेको हो।

बीएस–सिक्स इन्जिनयुक्त यो बाइकको इन्जिनमा ६ स्पिड गियरबक्स छन्। जावा पेराक बीएस–सिक्स ३३४ सिसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डिओएचसी इन्जिनसहित आएको छ। जुन ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्न सक्षम छ।

जावा पेराक अघि नेपालमा जावा क्लासिक र जावा फोर्टी–टु मोडलका बाइक उपलब्ध छन् । दुवै मोडलका बाइक सिंगल च्यानल र ड्युअल च्यानल एबिएस भेरिएन्टमा उपलब्ध छन्। यी दुईटै बाइक २९० सिसी क्षमताका हुन्।

स्टाइलअनुसार जावा पेराक ‘बबर’ बाइक हो। यसमा फ्लोटिङ सिंगल सीट छ। जसको मुनि गोलो ब्रेकलाइट छ। यसबाहेक पेराकमा बार–एन्ड मिटर मिरर, काटिएको फेन्डर्स जडान गरिएको छ।

यसको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फ्रोक्स रहेको छ। पछाडि मोनोशक सस्पेन्सन छ। दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको छ। जावा पेराकमा डुअल च्यानल एबिएस पनि पाइन्छ।

उक्त बाइकको मूल्य ७ लाख ५० हजार रूपैयाँ तोकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।