मुक्तिनाथ विकास बैंकले ल्यायो ‘होली सप्ताह अफर’
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ। यस अफर अन्तर्गत शुक्रबारदेखि एक साताभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा एक सयमा मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फारम पनि सोही अफर समय अवधिभित्र दिनु पर्नेछ।
ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङको सुविधा निशूल्क लिन सक्नेछन्। यस होली सप्ताह अफरसँगै ग्राहकले चाहेमा निशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्न सक्नेछन् । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको बताएको छ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट विना शूल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था छ।