image
image

नेपाल नागरिक उड्डयन प्राधिकरणमा १४२ जनालाई रोजगारीको अवसर

काठमाडौँ, २९, वैशाख ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा १४२ रोजगारीको अवसर खुलेको छ

क्यानले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षा प्रतियोगितामार्फत पदपूर्ति गर्ने गरी रोजगारी खुलाएको हो ।

प्रबन्धकदेखि उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक, सहायकलगायतका पदका लागि रोजगारीको अवसर खुलेको हो ।

सूचना प्रकाशित भएको २१ दिनभित्र अर्थात जेठ १८ गतेसम्म नियमित दस्तुरमा र दोब्बर दस्तुरमा नियमित दस्तुरमा दरखास्त दिने मितिपछि सात दिनभित्र फारम भर्न सकिने क्यानले जनाएको छ ।

त्यस्तै, क्यानले आन्तरिक प्रतियोगिता परिक्षाद्ववारा पनि पदपूर्तिका लागि सूचना निकालेको छ । आन्तरिक परिक्षामार्फत निर्देशक, उपनिर्देशक, प्रबन्धक, उप प्रबन्धन, वरिष्ठ अधिकृत, अधिकृतलगायतका पदको पूर्ति गरिने क्यानले जनाएको छ ।

क्यानले आज नै कार्य क्षमता मूल्यांकनद्वारा हुने बढुवासम्बन्धि पनि सूचना प्रकाशित गरेको छ । निर्देशकदेखि प्रबन्धक, उपप्रबन्धक, अधिकृत, वरिष्ठसहायक लगायतका पदको कार्य क्षमता मूल्यांकन द्वारा बढुवा हुने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।