image
image

नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क सामान्य बढ्यो

काठमाडौँ, २९, वैशाख । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद बीमाशुल्क ३।२४ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २५ अर्ब ९९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको खुद बीमाशुल्क, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले ११ अर्ब ८२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा १९ करोड रुपैयाँ ऋणात्मक रहेको इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा भने ४४ करोड ६५ लाख रुपैयाँ धनात्मक भएको छ।

नाफा धनात्मक भएसँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। चैत मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २५ पैसा रहेको छ। इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३।१९ गुणा रहेको छ।

८ अर्ब चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ४८ करोड ६७ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ खर्ब ५७ अर्ब रुपैयाँ र महाविपत्ती कोषमा ८३ करोड ३७ लाख रुपैयाँ सञ्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।