नेपालमा रकेट प्रक्षेपणको पहिलो परिक्षण गरिँदै
काठमाडौँ। नेपालमा पहिलोपटक रकेटको परिक्षण हुने भएको छ । नेपाली सेनासँगको सहकार्यमा नियर स्पेसले शनिबार सिन्धुलीको भिमानमा रकेट प्रक्षेपणको पहिलो परीक्षण गर्ने भएको हो ।
हालसम्म नेपालमा आधिकारिक रुपमा रकेटको प्रक्षेपण परीक्षण हुन सकेकको छैन । फ्युल टेस्टको काम भने यसअघि भइसकेको छ । नियर स्पेसको रकेट ८ हजार २०२ फिट माथिसम्म पुर्याइने बताइएको छ । नियर स्पेसका इन्जिनियर शिशिर जिसिले प्रधान सेनापतिको उपस्थितिमा रकेट प्रक्षेपण परीक्षण गरिने जानकारी दिए ।
‘सन् २०२४ सम्म ११० किलोमिटर माथि आकासमा रकेट पुर्याउने योजनाका साथ हामीले काम गरिरहेका छौं,’ उनले भने, ‘यो रमाईलोको लागि नभएर भोलिको दिनमा रकेट र स्याटेलाइट प्रविधिमा नेपाल पनि पछि छैन भनेर गर्व गर्नसक्ने समयका लागि हो । ३ वर्ष अघिदेखि नेपालमा रकेट बनाउने कार्य सुरु गरिएको भन्दै जीसीले कम्प्युटर दौडमा पछि परिसकेको भए पनि अन्तरिक्षको दौडको मौका गुमाउन नहुने बताए ।
सिन्धुलीको भिमानमा हुने रकेट प्रक्षेपण परीक्षणको समयमा इलेक्ट्रोनिक इन्जिनियर सोभानराज श्रेष्ठले बनाएको ६० किलोमिटर यात्रा तय गर्नसक्ने नेपालकै पहिलो ड्रोन समेत परीक्षण गरिने छ । यसले नेपालका दुर्गम ठाउँहरुमा औषधी पुर्याउन र प्रकोपको समयमा उद्धार कार्यमा सहयोग पुर्याउने छ ।
६० किलोमिटरको दूरीसम्म उड्ने गरी डिजाइन गरिएको गौंथली ड्रोनले १.५ केजी तौलसम्मको सामान बोक्न सक्छ । बाहिर बनेका ड्रोनहरु हाइ अल्टिच्यड सुहाउँदो नभएको उल्लेख गर्दै श्रेष्ठले आफ्नो ड्रोन भने ३००० मिटरसम्मको उचाईका लागि डिजाइन गरिएको बताए ।