image
image

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ, १९, वैशाख । माईखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारण्लाई जारी गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । १९ वैशाख मंगलबार बिहान कम्पनकिो धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले ८ वैशाख देखि १२ वैशाखसम्म सर्वसाधारणलाई १२ लाख ६९ हजार ४११ कित्ता सेयरका लागि आवेदन माग गरेको थियो । कम्पनीको आईपीओमा १३ लाख ६३ हजार २६६ आवेदकले  १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता सेयरको लागि आवेदन दिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । जसमध्ये ८९ हजार ८३० जनाको आवेदन रद्द भएका छन् । यस्तै १२ लाख ७३ हजार ८९१ जनाको आवेदन योग्य रहेको प्रभु क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले सेयर बाँडफाँट भएको छ । यसरी बाँडफाँट गर्दा योग्य आवेदकमध्ये १ लाख २६ हजार ९४१ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । त्यसमध्येबाट पनि एक जनाले थप एक कित्ता सेयर पाएका छन् ।

कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाइ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी ३१ असार २०७७ देखि व्यावसायिक उत्पादन गरिरहेको छ । आयोजना सम्पन्न हुँदाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ र प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।