image
image

सेन्चुरी ब्रान्डको मसला बेच्ने दुगडले एकै वर्ष गर्‍यो सँवा २ अर्बको व्यापार

काठमाडौँ, १९, वैशाख । नेपाली बजारमा सेन्चुरी ब्रान्डको विभिन्न प्रकारका मसला बिक्री वितरण गर्ने दुगड स्याइसेस एण्ड फुड प्रोडक्ट प्रालिले एकै वर्ष सँवा २ अर्ब रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२२ मा २ अर्ब ३० करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।कम्पनीले सन् २०२१ मा १ अर्ब ८८ करोड ८० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब २९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् १९९९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका परम्परागत मसला, स्न्याक्स, नमकिन, अचार, फलफूलको जाम, जेलिस, चकलेट, ड्राई फ्रुट एण्ड नट्स, ब्रेकफास्ट सिरियल, सीटीसी चिया उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले वार्षिक १५ हजार ३० मेट्रिक टन वस्तु उत्पादन गर्दै आएको छ । साथै, कम्पनीको उक्त वस्तु नेपालमा मात्रै विदेशमा पनि बिक्री वितरण गर्दै आएको छ । मोतिलाल दुगड अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि ५० करोड ५८ लाख रुपैयाँ अर्थात् डबल बी र अल्पकालीन कर्जाका लागि ४९ करोड ४१ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले सन् २०२२ मा ६ करोड रुपैयाँ लाभांस वितरण गरेको छ । कम्पनीअनुसार सन् २०२१ मा १ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा ५ करोड रुपैयाँ लाभांस वितरण गरेको थियो ।

कम्पनीले सन् २०२२ मा ३.२५ प्रतिशत नाफा कमाएको छ । त्यस्तै, कम्पनीअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब १८ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ ।

कम्पनीले स्न्याक्स, नमकिन, स्पाइसेस र अचार उत्पादनका विभिन्न प्रकारका कच्चा पदार्थ गहुँको पिठो, पाम तेल, पामोलिन, स्पाइसेस, प्याकेजिङजस्ता वस्तु स्वदेशीसँगै भारत, मलेसिया र इन्डोनेसियाबाट आयात गरी खपत गरिरहेको छ । कम्पनीले सन् २०२२ मा आम्दानी गरेकामध्ये ७८ प्रतिशत हिस्सा कच्चा पदार्थको रहेको उल्लेख छ ।

त्यसैगरी, कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोको १.२२ प्रतिशत विदेशमा निर्यात भएको वस्तुको हिस्सा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।