image
image

घोराही सिमेन्टको आईपीओ मंगलबारदेखि, कसले भर्न पाउँछन् ?

काठमाडौँ, १८, वैशाख । घोराही सिमेन्टले वैशाख १९ गते मंगलबारदेखि प्रिमियम मूल्यमा पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । 

पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो । 

स्थानीयलाई अंकित मूल्य १०० रुपियाँमा रु. ३०० प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपियाँ र नेपाली श्रमिकका लागि अंकित मूल्य रु. १०० मा ३३५ प्रिमियम थपेर प्रतिकित्ता रु। ४३५ रुपियाँमा शेयर निष्काशन गर्न लागेको हो । 

बिक्री प्रबन्धक हिमालयन क्यापिटलर नबिल इन्भेष्टमेन्ट बैंकिङ का अनुसार कम्पनीले ३ लाख ९७ हजार १९० कित्ता आईपीओ स्थानीय बासिन्दाहरुका लागि र ७ लाख ५४ हजार ६६१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री गर्न लागिएको हो । 

आईपीओका लागि स्थानीय बासिन्दाहरुले छिटोमा जेठ २ गतेसम्म र ढिलोमा जेठ १७ गतेसम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ २ गतेभित्र आवेदन दिनु पर्नेछ । 

उक्त कम्पनीको आईपीओका लाग दाङको घोराही उपमहानगरपालिकाको वडा नं १, २, ३, ८, १४, १५, १७, १८ र १९, बंगलाचली गाँउपालिका वडा नं ३, ४ र रोल्पाको त्रिवेणी गाँउपालिका वडा नं ३ र ४ का बासिन्दाहरुले आवेदन दिन सक्ने छन् । 

स्थानीय र श्रमिकहरुका लागि बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।