image
image

माई खोला हाइड्रोको आईपीओ मंगलबार बिहान बाँडफाँट हुने, कहाँ र कति बजे ?

काठमाडौँ, १८, वैशाख । माई खोला हाइड्रोपावरले बैशाख ८ गतेदेखि १२ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा मंगलबार बिहान बाँडफाँट हुने भएको छ । 

बिहान ९ः३० बजे बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा आईपीओ बाँडफाँटको तयारी गरिएको छ । 

कम्पनीको आईपीओका लागि १३ लाख ३१ हजार २ सय ३८ जनाले १ अर्ब ४८ करोड ७ लाख ७५ हजार रुपियाँ बराबरको १ करोड ४८ लाख ७ हजार ७ सय ५० कित्ताको लागि आवेदन दिएका छन् ।   

कम्पनीले सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४ सय ११ कित्ता आईपीओ निष्काशन खुला गरेको थियो ।  

कूल निष्काशन १५ लाख २९ हजार ४ सय ११ कित्ता शेयरमध्ये ७६ हजार ४ सय ७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५ सय ८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । 

सर्वसाधारणका लागि छुट्याइएको शेयर एक लाख २६ हजार ९ सय ४० जनाले १०–१० कित्ता र १ जनाले ११ कित्ता पाउने छन् । 

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको छ । 

कम्पनीले इलाम नगरपालिका ८ सिमफिरिंगमा ३ मेगावाट क्षमताको सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।