image
image

वैशाख महिनामा कोरोना : १ हजार ३८१ सङ्क्रमित, ६ जनाको मृत्यु

काठमाडौँ, १४, वैशाख । विश्वभर तीव्र गति फैलिरहेको ओमिक्रोनको एक्सबीबी.१.१६ भेरियन्ट नेपालमा पुष्टि भएसँगै पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चैत २० गते सो भेरियन्ट नेपालमा समेत पुष्टि भएको जानकारी गराएको थियो 

मन्त्रालयका अनुसार वैशाख महिनामा मात्र १ हजार ३८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा पीसीआर विधि तथा एन्टीजेन विधिबाट २१ हजार ३५७ जनाको नमुना परीक्षण गरिएको थियो । वैशाख महिनामा हालसम्म सङ्क्रमणको औसत दर ६.४६ प्रतिशत रहेको छ । पछिल्ला १३ दिनमा ७८६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । हाल देशभर ५९५ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले तथ्याङ्कले देखाउँछ । नेपालमा औसत निको हुने दर ९८.७ प्रतिशत छ ।

यो महिना थप ६ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोभिड महामारी सुरु भएयता नेपालमा १२ हजार २८ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिडबाट मृत्यु हुनेको दर १.२ प्रतिशत छ । बुधबारसम्म २९ जना सङ्क्रमित संस्थागत आइसोलेसनमा छन् भने ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

corona-data

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।