image
image

कपाल स्याहार्ने मेसिन खरिदमा ९ महिनामा बिदेसियो ८ करोड

काठमाडौँ, १३, वैशाख । चालू आर्थिक वर्षको ९ महिनामा कपाल स्याहार्ने विद्युतीय मेसिनमै ८ करोड रुपैयाँ बाहिरिएको छ । कपाल सुकाउने र कपाल स्ट्रेट या कर्ली बनाउने १ लाख ८५ हजार ६५९ वटा मेसिन खरिदमा ९ महिनामा ७ करोड ९७ लाख ३० हजार रुपैयाँ बाहिरिएको हो ।

गत वर्षको तुलनामा कपाल स्याहार्ने मेसिनको आयात बढेको छ । गत वर्षको साउनदेखि चैतसम्ममा ७ करोड २४ लाख ९१ हजार रुपैयाँका १ लाख ७४ हजार ५७ वटा कपाल स्याहार्ने आयात भएका छन् । समीक्षा अवधिमा गत वर्षको भन्दा यो वर्ष थप ११ हजार ६०२ वटा मेसिन आयात भएका छन् ।

गत वर्षभरमा ८ करोड ३३ लाख ६८ हजार मूल्यबराबरका २ लाख १० हजार २८१ वटा मेसिन नेपाल भित्रिएका छन् । चालू आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै मेसिन चीनबाट आएको छ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै चीनबाट ४ करोड ७८ लाख ६५ हजारबराबरको ९८ हजार ९०८ वटा कपाल सुकाउने मेसिन आयात भएको छ । त्यस्तै २ करोड ५४ लाख ५८ हजार रुपैयाँबराबरका ७५ हजार ५२४ वटा मेसिन चीनबाट भित्रिएका छन् । भारत, थाइल्यान्ड, कतारलगायतका देशबाट पनि कपाल स्याहार्ने मेसिन आयात गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।