नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल नियुक्त
काठमाडौँ ६ चैत । नेपाल टेलिभिजनको महाप्रवन्धकमा फूलमान बल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बललाई चार वर्षका लागि नियुक्त गरेको हो।
यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो। प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो।काभ्रेपलाञ्चोकका फुलमान पत्रकारिता तथा साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन्।